एसएलसीमा अब कोही फेल नहुने

<span class='c1'>एसएलसीमा अब कोही</span> <span class='c2'>फेल नहुने</span>

काठमाडौ, मंसिर २५ - एसएलसी परीक्षामा सहभागी हुने कुनै पनि विद्यार्थी अब फेल नहुने भएको छन् । सरकारले यो बर्षदेखि प्राविधिकतर्फ र अर्को बर्षदेखि सबै खालको एसएलसी परीक्षामा ग्रेडिङ सिस्टम लागू गर्ने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार बसेको बैठकले ग्रेडिङ सिस्टम लागू गर्ने निर्णय गरेको परीक्षा नियन्त्रणक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले यसै बर्षदेखि प्राविधिक एसएलसीतर्फ परीक्षणको लागि ग्रेडिङ सिस्टम लागू गर्ने र अर्को बर्षदेखि सबैतर्फ लागू गर्ने निर्णय गरेको हो । प्राविधिक तर्फको एसएलसी ९९ विद्यालयमा पढाई हुन्छ ।

९० देखि १०० प्रतिशत अंक ल्याउनेलाई ए प्लस (विशिष्ट), ८० देखि ८९ प्रतिशतलाई ए (उत्कृष्ट),  ६० देखि ७९ ल्याउनेलाई बी (धेरै राम्रो), ४० देखि ५९ सी (राम्रो),  २५ देखि ३९ बी (कमजोर) र २५ भन्दा तल ल्याउनेलाई ई (धेरै कमजोर) ग्रेडिङ गरिने निर्णय भएको द्वारेले जानकारी दिए ।

दक्षिण एसियाली अधिकांश मुलुकमा एसएलसी तहको परीक्षामा ग्रेडिङ सिस्टम लागू गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्