छोरीले स्कुलमा टिफिन बट्टा हराएको बिषयमा कुटपिट

छोरीले स्कुलमा टिफिन बट्टा हराएको बिषयमा कुटपिट

पति र जेठाजुको कुटाईबाट भक्तपुर सुर्यबिनायककी एक महिला अस्पताल भर्ना भएकी छन् । कान्तिपुर दैनिकमा समाचार छ । एघार बर्षअघि बिहे गरेकी २९ वर्षीया शर्मिला गाइजु गोठेलाई उनका पति सनिल गोठे र जेठाजु अनिलले मरणाशन्न हुने गरि कुटेपछि अस्पताल भर्ना भएकी हुन् । महानगरीय प्रहरी बृत्त जगातीले पिडक दुवै जनालाई पक्राउ गरेको छ ।

गोठेद्वयलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सार्वजानिक अपराधमा अनुसन्धानका लागि म्याद थप गरिएको छ । कुटपिटबाट घाईते शर्मिलाको मध्यपुर अस्पतालमा उपचार भईरहेको छ । १० वर्षीय छोरीले स्कुलमा खाजा राखेर पठाएको टिफिन बट्टा हराएको बिषयमा कुटपिट भएको पिडीतका माईती पक्षले जनाएका छन् । सर्मिला र सनिलले एक बर्षको प्रेम सम्बन्धपछि बिबाह गरेका थिए । तर सनिलको परिवारले उनलाई स्विकार नगरेको माईती पक्षले आरोप लगाएको छ ।

अस्पतालको बेडमा सुतेकी उनको टाउको र शरिरका बिभिन्न भागमा चोट छ । उनको उपचार गरिरहेको डाक्टर रामकृष्ण श्रेष्ठले कुटपिटबाट गम्भीर चोट लागेको बताए । उनका अनुसार टाउकोमा लागेको चोट गम्भीर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्