“एमाओवादीले संविधान आउन नदिनैका लागि मोर्चाबन्दी गरेको” – ओली

“एमाओवादीले संविधान आउन नदिनैका लागि मोर्चाबन्दी गरेको” – ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादीले संविधान आउन नदिनैका लागि मोर्चाबन्दी गरेको आरोप लगाउनु भएको छ । सर्लाहीको हरिवनमा पत्रकारहरुसंग कुरा गर्दै ओलीले सहमतिय संविधानको रट लगाउने तर सहमति बन्न नदिने काम विपक्षी मोर्चाले गरिरहेको आरोप लगाउनु भएको हो ।

सहमतिका लागि मोर्चा छोड्नुस भन्दा प्रचण्ड कमिलाले चिले जसरी बुकुक्क उफ्रिएको उहाको भनाइ छ । ओलीले संबिधान बन्न नदिने बिपक्षीको मनसाय पर्दाफास भएकाले प्रचण्ड आक्रोसित भएको आरोप लगाउनु भयो । उहाले कानून अनुसार चल्दा रगतको खोलो बग्छ भनेर धम्की दिनेको कुनै उपचार नभएको टिप्पणी गर्नुभयो । देशलाई ध्वस्त पार्ने कुरामा कुनैपनि सहमति हुन नसक्ने भन्दै उहाले जुनसुकै चुनौतीको सामाना गर्न तयार रहेको बताउनु भयो । संसारको कुनैपनि देशमा अहिले सम्म सर्वसम्मत संबिधान जारी नभएको ओलीले स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्