नन्दप्रसाद अधिकारीको धार्मिक परम्पराअनुसार दाहसंस्कारको व्यवस्था मिलाउन ध्यानाकर्षण

नन्दप्रसाद अधिकारीको धार्मिक परम्पराअनुसार दाहसंस्कारको व्यवस्था मिलाउन ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले नन्दप्रसाद अधिकारीको धार्मिक परम्पराअनुसार दाहसंस्कारको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोग प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति जारी गर्दै दाहसंस्कारको प्रक्रिया यथाशीघ्र अघि बढाउन ध्यानाकर्षण गराउनु भएको हो ।

न्याय प्राप्तिका लागि लामो समयसम्म संघर्षरत रहेकै अवस्थामा मृत्यु हुनु र मृतकको परम्पराअनुसार दाहसंस्कार हुन नसक्नु मानवअधिकारको दृष्टिकोणले अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण भएको आयोगको भनाइ छ ।

छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनशन बसिरहेको बेला गत असोज ६ गते वीर अस्पतालमा नन्दप्रसादको निधन भएको थियो । निधनको ३ महिना बितिसक्दा पनि उनको दाहसंस्कार हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्