माघ ८ भित्र संविधान जारी गर्न दवावमूलक कार्यक्रम

माघ ८ भित्र संविधान जारी गर्न दवावमूलक कार्यक्रम

संविधान छिटो जारी गर्न दवावमूलक कार्यक्रम गर्दै आएको संयुक्त विद्यार्थी संगठनले आज ‘सडक बहस कार्यक्रम’ गरेको छ । माघ ८ भित्र संविधान जारी गर्न दबाब दिने उद्देश्यले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा सडक बहस कार्यक्रम गरिएको हो । नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले संविधान नआउने खतरा रहेकाले निरन्तर सडकबाट दबाब दिनुपर्नेमा जोड दिनुभएको छ । शान्ति र प्रजातन्त्रका लागि पेशागत सञ्जाल (पापड)का अध्यक्ष डाक्टर अञ्जनीकुमार झाले नेताहरूले समयमा संविधान जारी गर्न आनाकानी गरिरहेको आरोप लगाउँदै नागरिकस्तरबाट सशक्त दबाब दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले नागरिकलाई बलियो बनाउने संविधान छिटो ल्याउन माग गर्दै संविधान नबनुन्जेल सडक तताउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी लगायत प्रमुख विद्यार्थी संगठनका नेताहरुले सबैपक्षलाई समेट्ने नयाँ संविधान ल्याउन माग गर्दै नयाँ संविधान नपाएसम्म सडक नछाड्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्