शीर्ष नेताहरु अनुपस्थित भएपछि परामर्श समितिको बैठक स्थगित

शीर्ष नेताहरु अनुपस्थित भएपछि परामर्श समितिको बैठक स्थगित

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । शीर्ष नेताहरु अनुपस्थित भएपछि बैठक जम्मा १० मिनेट बसेर स्थगित भएको हो । संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान जारी गर्ने विधिको विषयमा छलफलका लागि बोलाउनुभएको बैठकमा प्रधानमन्त्री सुशील कोइराला वाहेकका कुनै पनि शीर्ष नेता उपस्थित भएनन् ।
नेम्वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि समितिको बैठकमा बोलाउनुभएको थियो । कार्यव्यवस्था परामर्श समितिमा संविधानसभामा रहेका सबै दलका नेता सदस्य छन् । सबै दलका नेता उपस्थित भएपनि चार दलका शीर्ष नेताहरु अनुपस्थित भएपछि संविधानसभाका अध्यक्ष नेम्वाङले बैठक भोली सम्मका लागि स्थगित गर्नुभएको छ । संविधान जारी गर्ने माघ ८ गते नजिकिए पनि संविधानका विषयवस्तु र संविधान जारी गर्ने विधिको विषयमा दलहरुबीच मतभेद रहेका कारण अब कुन प्रक्रियाबाट अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिन नेम्वाङले बैैठक बोलाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्