अब छुट्टै महिला राज्य मागौ -सरला कट्टेल

अब छुट्टै महिला राज्य मागौ  -सरला कट्टेल

 

सरला कट्टेल । खुट्टा घाउ भयो भने खुट्टानै काटेर फलिदिने , त्यो त महानमुर्खता हो खुट्टटा काटेर फालो भने झन ठुलो समस्या आउछ । अस्पताल गएर उपचार गरायो भने खुट्टा पनि निको हुन्छ ,दुखाई कम हुन्छ । आफनो दैनिकि सहज हुन्छ । त्यस्तै बाटोमा हिड्दा लडियो भने त्यो बाटोनै हिड्न छोडिदिने गर्यौ हामी आफनो लक्षमा पुग्न कहिल्यै सकिन्दैन । त्यस्तै भएको छ अहिल काठमाण्डौमा । बसमा महीला माथि हुने विभिन्न दुब्र्यबहारलाई न्युनिकरण गर्ने भन्दै बाग्मति यातायात ब्यबसायी संघले बालकोट देखी कलडकि सम्म महीला मैत्रि बस संचालनमा ल्याएको छ । महीला माथि दुब्र्यवहार बढ्यो भनेर महीला पुरुषको लागी छुट्टै गाडिको ब्यवस्था गर्ने कदमले एक किसीमले lady busमहीलाहरुमा उत्साह थपिदिएको छ । अब महिला मैत्री गाडिमा यात्रा गर्ने महीलाले गाडिमा पुरुषबाट हुने दुब्र्यबहार त सहनु परेन तर पनि यस्तो कदमले महीला हरुमा झन समस्या आउने बताउछन् यात्रुहरु ।

भक्तपुरको बालकोटमा घर त्रिपुरेश्रको निजि अफिस संचालन गर्दै आउनु भएकि मीरा श्रेष्ठ यो कदमबाट महीलाहरु पुरुषसंग प्रतिष्पर्धामा कमजोर हुने बताउनु हुन्छ । उहा भन्नु हुन्छ “ धेरै महीला दिदिबैनिहरुको लागी खुसीको खबर कलङकि बाट बालकोट कुद्ने गाडिले महीलाहरुलाई मात्र चढाउछन् । कति त खुशि छन् कति चाही बेखुसी छन् । ”श्रेष्ठलाई यो कदम चित्त बुझदो लागेन रे । त्यस्तै महिला मैत्रि गाडिमा सवार गदैगर्दा गाडिमा भेटिएकि अम्बिका दुलाल पनि समस्याको समाधान गनुपर्ने ठाउमा गाडिनै महिला मात्र चढ्ने बनाउदा झन नकारात्मक प्रभाव पुरुषमा पर्ने बताउनु हुन्छ । महीला माथि दिनदिनै हींसा बढ्दो छ । माननिय सभाषद माथि पनि गाडिमा दुब्यबहार भयो भनि समाचार बाहीर आयो । सार्बजनिक बसमा दुब्यबहार गर्ने माथि कारबाहि गनु पर्ने तर त्यसो नभएर बसनै महीला मैत्रि भयो ।

सार्बजनिक बसमा महीला माथि हुने दुर्यबहारलाई कम गर्न भन्दै हाललाई परिक्षणका लागी चारवटा माईक्रोबस संचालनमा ल्याएको छ । सार्वजनिक सवारीमा यात्रा गर्दा पुरुषले गर्ने दुव्र्यवहारबाट महिलाहरु पीडित हुनेक्रम बढेपछि कार्यालय समयमा महिलामैत्री माइक्रोबस हो । महीलाहरुलाई सबै ठाउमा चुनौती छ । गाडिमा हिड्यो गाडिमा चुनौति , पैदल हिड्यो पैदल चुनौति । अफिसमा चुनौति , घरमा चुनौति , महीला माथि धेरै किसीमका चुनौति छन् । उनिहरुलाई धेरै किसीमले चुनौति छ । महीला माथि हुने हींसा न्युनिकरण गर्न महीलाका लागीमात्र गाडि बनाएर हुदैन , देशमा कानुन हुनु पयो । पुरुषले महीला माथि दैनिक हींसा गर्छन । गाउ टोल , शहर सबै ठाउमा महीलाहरु प्ुारुषबाट हिंसीत छन् । त्यसो हो भने त प्रदेशको कुरा चलिरहेको बेला महीलाहरुले टुट्टै प्रदेश माग्नुपर्ने बेला आएको छ । महीला प्रदेश छुट् बनाएर महीला प्रदेश मा पुरुषलाइ पस्न नदिने हो भनेत महीला हींसा पुरै न्यनिकरण हुन्छ । अब सरकारले त्यो बाटो रोजे पक्का पनि महीला हींसा न्युनिकरण पक्का छ ।

सार्वजनिक यातायातमा महिलाहरु पनि खुलेर हिम्मतका साथ त्यसको विरोध गर्दैनन् । महीला हरु त्यस्ता हिंसा प्राय महिलाहरु विरोध गर्न चाहदैनन् । त्यस्ता हींसालाई सामान्य मान्ने कारण पनि उनिहरु बाहीर ल्याउन चादैनन् । हिंसा सहेर बस्ने प्रवृत्तिले झनै हिंसा बढाउन टेवा पुग्छ । यो बुझाइलाई महिलाले पनि आत्मसात गरेर व्यवहारमा उतार्न जरुरी छ ।

अब केही समय पछि महीलाहरु यसरी नै महिलाले महिलाबाहेक अन्य यातायातमा चढे, तपाई महिला यातायातमा चढ्नु न किन यहा आएको भन्दै तीतो वचन पाउन के बेर ? त्यसबेला ती महिलाले समानताको अनुभूति कसरी गर्नु । महिला हिंसा रोक्न छुट्टै यातायात बनाउनुको कुनै औचित्य छैन । जताततै समस्याको थुप्रो भएको नेपालमा समस्या न्युनिकरण गनुपर्ने ठाउमा गाडिनै बेग्लै बनाउनुले महीलाको सवालमा सरकार लागाएर सरोकारवाला कति सम्बेदशशिल छन् भन्ने प्रष्ट देखीन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्