इन्दु साह
विराटनगर । साहारा एनिमल केयर नामक संस्थाले विराटनगरका विभिन्न स्थानमा जनावर तथा चराचुरुङ्गीका लागि दुई सय वटा पानीका भाँडा (वाटर पट) राखेको छ । गत असार महिनामा राखिएका यी भाँडाहरुको संरक्षणको जिम्मा स्थानीय बासिन्दाले लिएका छन् ।
साहारा नेपालकी संस्थापक डाक्टर रस्मी थापाका अनुसार सडक छेउका पेटीहरुमा राखिएका यी वाटर पटहरु सडकमा रहेका जनावरहरुलाई पानी पीउन सहज होस् भन्ने उद्देश्यले राखिएका हुन् । प्रत्येक वाटर पटको मूल्य ३५० रुपैयाँ रहेको छ ।
विराटनगरका केही नागरिकहरुले आफ्नो घर अगाडिको सडक पेटीमा राखिएका यी भाँडाहरुमा नियमित रुपमा पानी भर्ने गरेका छन् । विशेषगरी सडकमा भएका कुकुरहरुको लागि यस संस्थाले विभिन्न कार्यहरु गर्दै आएको छ । डाक्टर थापाले विभिन्न रोग लागेका र चोटपटक भएका कुकुरहरुको उद्धार गर्दै आएकी छिन् ।
चिसो मौसममा पानी नपर्ने हुँदा नागरिकहरुलाई यी भाँडाहरुमा नियमित पानी भरिदिन संस्थाले अनुरोध गरेको छ । यसले गर्दा खुला रुपमा रहेका जनावर तथा चराचुरुङ्गीहरुले सजिलै पानी पीउन सक्ने छन् । तर कतिपय स्थानमा रहेका यि पानी राख्ने भाडा फोहोर अवस्थामा छन् ।
संस्थापक डाक्टर थापाका अुसार सबै स्थानका वाटर पटमा आफुले दैनिक निगरानी गर्न नसक्ने हुँदा उक्त भाडाहरु अब कति छन् भन्ने यकिन नभएको हो । यदि स्थानिय नागरीकले दैनिक ति भाडाको सरसफाई गरी पानी राख्ने गरीदिए यसरी अन्य स्थानमा पनि भाडा थपि दिने योजना रहेको बताईन् ।