नयाँ संविधान लेखेर तयार पारिसकेको जिकिर

नयाँ संविधान लेखेर तयार पारिसकेको जिकिर

उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले नयाँ संविधान लेखेर तयार पारिसकेको जिकिर गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको नवनिर्मित भवन उद्घाटनमा आज बोल्दै उहाँले े ‘अब संविधान जारी गर्न मात्र बाँकी’ रहेको बताउनुभयो । संविधान लेखनका सबै प्रक्रिया टुंगिएको र संविधानका विवादित ४ ओटा अन्र्तवस्तुपछि टुंगो लगाउने गरी संविधान जारी गर्न नेकपा एमाले र नेपाली कांग्रेसले कम्मर कसिसकेको समेत खुलासा गर्नुभएको छ । विवादित विषयलाई थाँती राखी रुपान्तरित संसदले पारित गर्ने गरी दुई तिहाइ बहुमतले संविधान जारी गर्ने उहाँको भनाइ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्