हरि अधिकारी
विराटनगर÷ स्वदेशमा नै बसरे पुन्यप्रसाद पोखरेलले मासिक १० हजार रुपैया कामाउथे । मोरङ बयरवन–८ घर भएका उनलाई मासिक १० हजार रुपैयाले जसो तसो आफनो खर्च त पुग्थ्यो । तर परिवारकनलागि भनेर खर्च दिन सक्दैन थिए । २२ बर्षे उनिको धेरै पैसा कमाउने र राम्रो घर बनाउने सोच थियो । स्वदेशमा कमाएको मासिक १० हजारले आफनो सोच पुरा नहुने भन्दै विदेश लागे ।
धेरै पैसा कमाउला र जिन्दगी सफल बनाउने लक्ष्य बनाएर उनि २०७० चैतमा उनि कुवेत गए । सेकुरेटी गार्डमा कुवेत गएका उनको जिवनमा ०७१ साउन १ गते अचानक दुर्घटना घटयो । डिउटी सकेर कोठामा आराम गरिरहेका उनीमाथी ८ तत्लामाथीबाट पर्खाल खस्यो । निर्माणधिन भवनको पर्खालले उनलाई पु¥यो ।
पर्खालले पुरिएका उनी बेहोस भए । ९ दिनपछि होस खुल्दा उनी महाबुल्ला सहरको आदन अस्पतालमा थिए । होस खुल्दा उनले आप्mनो आधा शरिर नचल्ने अवस्थामा पाए । साउन महिनादेखी लगातार ८ महिना उपचार गर्दापनि उनी ठिक भएनन् ।
उनको कम्मरमुनीको भाग नचल्ने भयो । दाजु गोविन्दप्रसाद पोखरेलको सहयोगमा एक महिना अघि स्वदेश फर्किएका उनले भने ‘ खुट्टा चल्दैन् । दिसा पिसाव गएको पनि थाहा हुदैन ।’
धन कमाएर परिवार पाल्ने सोच बनाएर विदेश हानिएका उनि ह्वइल चियरको साहरा बिना हिडन नसक्ने भएका छन् । चिकित्सकले खुट्टा नचल्ने भन्दै विदा दिएपछि उनि स्वदेश फर्किएका हुन् । सामान्य अवस्थामा विदेश गएका उनि अरुको साहरा विना हिडडुल गर्न नसक्ने भएर घर फर्किए ।
उनि भन्छन् ‘ पैसा कमाउन भनेर गएको थिए । यस्तै भयो के गर्नु ।’ आधा सरिर नचलेपनि उनले हिम्मत हारेका छैनन् । अव स्वदेशमा नै बसेर केही गर्ने सोच बनाएका छन् ।
विदेश जदा लागेको ऋण जसो तसो तिरेका पोखरेलले दुर्घटनाभएपछि रित्तो हात फर्कनु परेको गुनासो गरे । उनले भने ‘ घर सम्म आउने टिकटमात्र कम्पनीले दियो ’
पैसा कमाउने र परिवार पाल्ने उदेश्य लिएर विदेशिएका उनि आफुले सोेचेको उदेश्य पुरा नभएको गुनासो गर्छन् ।
अलमुल्ला सेकुरेटी कम्पनीमा कार्यरत उनले अझै क्षतिपूर्ती पाएका छैनन् । घटना घटेको ९ महिनापछि पनि कम्पनीले केही नगरेको उनको गुनासो छ । उनि भन्छन् ‘ विदेश जादा श्रम विभागमा श्रम विमा गराएका थियो । विमा बापतको रकम त प्रप्त भयो । तर आफुले काम गर्ने कम्पनीले क्षतिपूर्ती दिएको छैन् ।’
कम्पनीले उनको उपचार गरेपनि क्षतिपूर्ती अझै नदिएको उनका दाजु गोविन्दले गुनासो गरे । उनले भने ‘ क्षति पूर्ती दिने भन्छ तर कहिले दिने हो केही टुङगो छैन् ।’