बि सं २०५१ साल फाल्गुन ११ गते पिता राजेश लोहनी र माता लिना लोहनीको कोखबाट बिराटनगरमा जन्मेका हुन सिदान्त लोहनी । सानै उमेरबाट साथीभाईसँग क्रिकेट खेल्न सुरु गरेका उनि आज नेपाली क्रिकेटका उदाउदा सितारा भएर आएका छन ।यसै बिषयमा आवर बिराटनगर डट नेटका बिबेक दाहालले उनि सँग गरेको अन्तर्बार्ता :
- तपाईंलाई क्रिकेट खेल्ने प्रेरणा कस्ले दियो ?
सानोमा साथीहरु सँग खेल्थे , कक्षा १० मा पढ्न थालेपछी सहिद मैदानमा अभ्यास गर्न थाले अनि एस.एल.सि पछी मलाई क्रिकेटर बन्ने भुत चडेको हो ।
- तपाईंले अहिले सम्म कुन कुन लेभलमा क्रिकेट खेली सक्नुभयो ?
क्षेत्रबाट खेले , यु १९ एसिया कप तथा राष्ट्रिय टिमबाट पनि खेली सके ।
- बिराटनगरको युवालाई कत्तिको गाह्रो या सजिलो छ यस क्षेत्रमा लाग्न र राष्ट्रिय क्रिकेट टिममा ठाउँ पाउन ?
सजिलो र गाह्रो दुबै छ , बिराटनगरका खेलाडी पनि अरु भन्दा कम भने छैनन तर धेरै भयो राष्ट्रिय टिममा भने पर्न सकेका छैनन ।
- तपाईंको घर परिवारबाट कस्तो साथ पाउनु भएको छ क्रिकेट लाग्न ?
सुरुमा थिएन परिवारको साथ , पछी यु- १९ टिममा परे पछी चाही बुवाबाट एकदम धेरै साथ र सहयोग पाउन थाले, अहिले त हरेक खेल हेर्न बुवा स्यम आउनु हुन्छ , धेरै खुशी लाग्छ ।
- के तपाईंले क्रिकेटलाई नै आफ्नो करियार बनाउने सोच बनाउनु भएको छ कि , क्रिकेट केवल सोखको लागि खेल्नु भएको ?
हरेक खेलाडीको इच्छा हुन्छ आफ्नो राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने , मेरो पनि इच्छा छ । स्नातक सके पछी पुलिस तिर छिर्ने सोच बनाको छु , जहाँ गए पनि क्रिकेटलाई छोड्ने छैन ।
- तपाईंको खेल जिवनको गुरु वा प्रेरणाको श्रोत कस्लाई मान्नु हुन्छ ?
मेरो पहिलो गुरु पवन चौधरी (मोती दाइ ) हुनुहुन्छ , वहाँले नै मलाई क्रिकेट सिकाउनु भएको हो । म अहिले जहाँ छु सबै श्रेय पवन दाईलाई नै दिन्छु । मलाई ए.बि दिभिलीयारसको खेल्ने तरिकाले पनि प्रेरणा दिन्छ ।
- तपाईंलाई नेपाली क्रिकेटको उदाउदो सितारा पनि भन्न थालिएको छ , कस्तो लाग्छ यती सानो उमेर मै यस्तो भन्दा ?
निक्कै खुशी लाग्छ अनि जिम्मेबारी पनि थपिए जस्तो लाग्छ । सबैले माया गर्नु हुन्छ , कोही कोहीले क्रिकेट सिकाइदिनु हामिलाई पनि भन्नु पनि हुन्छ , खुशी लाग्छ आफुले सिकेको अरुलाई पनि सिकाउदा । फेसबुकमा पनि मलाई धेरै साथीहरुले मेसेज पठाउनु हुन्छ ।