“आरोप पुष्टि नभए जाहेरीवालालाई कारबाही होस्”

“आरोप पुष्टि नभए जाहेरीवालालाई कारबाही होस्”

 

बिर्तामोड । प्रणामी धर्मगुरु मोहनानन्द सुवेदीलाई लागेको बलात्कारको आरोप अदालतबाट प्रक्रिया सुरु भएको छ ।
बुधबार पीडित बालिकाले लगाएको आरोप बारे अदालतमा जाहेरी दिने पीडित बालिकाकी दिदीले बहिनीले बताएअनुसार जाहेरी दिएको स्वीकार गरेकी छिन् । बालिकाले भने घटना आरोप मात्र भएको बताइन् ।
समाचार स्रोतका अनुसार बालिकाले तेल लगाएर मसाज गरिदिने रेको स्वीकार गरेकी छन् । सँगै बालिकाले केही कुरा खुस्काएको बुझिएको छ ।
अदालतमा स्वास्थ्य परीक्षण गर्ने डाक्टरले समेत जे भएको सोही अनुसारको स्वास्थ्य परीक्षणको प्रतिवेदन दिएको स्वीकार गरेका छन् ।
उनले दिएको प्रतिवेदनमा बलात्कार गरेको पुष्टि हुने प्रमाण भेटिएको समाचार स्रोतले जनाएको छ । पीडित बालिकालाई आफ्नै नियन्त्रणमा लिइ पीडक पक्षले दवाबमा घटना उल्ट्याउन खोजेको आरोप लागेको छ । अदालतमा पीडित बालिकाको भनाइ महत्वपूर्ण मानिने जनाइएको छ ।
अदालती प्रक्रिया सुरु भएपछि उपलब्ध भएका प्रमाणको समेत कारबाही सुरु भएको जनाइएको छ । पीडित बालिकाले आरोप लगाएको झुटो भए घटना सार्वजनिक गर्ने जाहेरीवालालाई हदैसम्मको कारबाही गरिनुपर्ने माग गरिएको छ ।
धर्मगुरुको बदनाम गराउने उद्देश्यले घटना सार्वजनिक गरेको भए सार्वजनिक गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्ने जनाइएको छ ।
मेचीटाइम्ससँगको सम्पर्कमा घटनाबारे जानकार एक व्यक्ति भन्छन्–‘यदि अदालतले धर्मगुरुलाई लागेको आरोप गलत भएको पुष्टि गरे पीडित बालिकाकी दिदीलाई कारबाही गर्नुपर्छ ।’
अदालती प्रक्रिया सुरु भएपछि पीडित र पीडक भनिएका पक्षबीच सुक्ष्म ढंगबाट छलफल भइरहेका छन् ।
बालिकालाई मुद्दा उल्ट्याउन बयान फेर्न लगाउने, बालिकालाई पनि अप्ठ्यारो नपार्ने र धर्मगुरुलाई बचाउने योजना बनेको स्रोतले जनाएको छ ।
लामो समयदेखि आश्रममा अध्ययन गरिरहेका धेरै बालिकालाई धर्मगुरुले यौन शोषण गरेको खुल्दै आएको छ ।
धर्मगुरुको दैनिकी नै रहस्यमय भएकाले गहिरो ढङ्गबाट अध्ययन अनुसन्धान गर्नुपर्ने केही प्रणामी समुदायकै अगुवाको माग छ ।
केही वर्षअघि धर्मगुरुसँग पढ्न जाने एक विद्यार्थी भन्छिन्–‘अदालतले गुरुलाई न्याय दिए पनि म चाहिँ न्याय दिन सक्दिनँ । किनभने उनको व्यवहार कस्तो छ, मलाई पनि थाहा छ । गुरुलाई न्याय मिलोस् या नमिलोस् उनको व्यवहार हामी सबैले बुझेकै हौं ।’ प्रणामी समुदायकी यी किशोरीले आफ्नो नाम गोप्य राखिदिन भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्