नगरपालिकाले आफैं उठाउन थाल्यो फोहोर

नगरपालिकाले आफैं उठाउन थाल्यो फोहोर

बिर्तामोड । बिर्तामोड नगरपालिका र एकता हेड्स नामक गैरसरकारी संस्थाबीच फोहोर व्यवस्थापनको सम्झौता सकिएपछि बिर्तामोड नगरपालिकाले आफैं फोहोर व्यवस्थापन गर्न थालेको छ । बिर्तामोडमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न नगरपालिकाले बुधबार दिनभर जेसिबी र ट्याक्टर प्रयोग गरी फोहोर उठाएको छ ।
नगरपालिका र एकता हेड्सबीच गत जेठ १८ गते सम्झौताको मिति सकिएको हो । अहिलेसम्म बिर्तामोडको फोहोर एकता हेड्सले उठाउँदै आएको थियो ।
नगरपालिकाले नगरवासीबाट केही शुल्क उठाउने अनुमति दिएपनि शुल्क उठाउन नसकेको आरोप नगरपालिकाले लगाएको छ । तर, निवर्तमान अध्यक्ष राधिका सिटौलाले नगरपालिकाले नै शुल्क उठाउन नदिएको बताइन् । एकताले सम्झौता अनुसार फोहोर नउठाएर सडकमा दुर्गन्ध हुन थालेपछि नगरपालिकाले आफै फोहोर उठाउने गरेको छ ।
अनारमनी नगरोन्मुख रहँदै एकता हेड्सले फोहोर व्यवस्थापन सुरु गरेको थियो । नगरपालिका बनेपछि सम्झौता गरेरै फोहोर उठाए पनि नगरबासीले चित्त बुझाएका थिएनन् । फोहोर व्यवस्थापनमा कमजोरी भएको बारे निवर्तमान अध्यक्ष राधिका सिटौलाले डम्पिङ साइटको समस्याले फोहोर व्यवस्थापनमा कठिनाइ भएको बताउँदै आएकी छन् । नगरपालिका र एकता हेड्सबीच पटकपटक सम्झौता भएको थियो । पहिलो सम्झौतामा हेड्सले नगरपालिकाको ट्याक्टर प्रयोग गरेवापत मासिक ३० हजार भाडा र एक जना कर्मचारीको पारिश्रमिक व्यहोर्ने उल्लेख छ ।
एकता हेड्सले नगरपालिकालाई ट्याक्टर भाडा र कर्मचारीको पारिश्रमिक दिने त परै जाओस् उल्टै बिभिन्न बहाना बनाएर सम्झौता बिपरित नगरपालिकाबाट पैसा लगेको कार्यकारी अधिकृत रबिन्द्र वस्तीले बताउँछन् ।
सम्झौता अनुसार फोहोर उठाउन पटक पटक आग्रह गर्दा पनि नउठाएपछि नगरपालिका आफैले फोहोर उठाएको अधिकृत वस्तीले बताए । कार्यकारी अधिकृत वस्तीले सम्झौता अनुसार फोहोर उठाउन नसक्ने हो भने नगरपालिकाले आफैं व्यवस्थापन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्