अठियाबारीमा जात्रिको अवसरमा भब्य मेला

अठियाबारीमा जात्रिको अवसरमा भब्य मेला

उर्लाबारी, २५ जेठ
मोरङको राजघाट–१ अठियाबारीमा धिमाल जातिहरुको जात्रि पर्व सोमबार मनाइएको छ । ग्रामथानमा हाँस, कुखुरा, सुँगुर आदिको बलि दिएपछि जात्री पर्व मनाइएको हो । प्रकृतिपूजक धिमालहरू रोगव्याधी नलागोस्, बालीबिरुवा लगाउने बेला वर्षा होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गरेका छन् ।
झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने धिमालहरू आफ्नो मुख्य चाड जात्री पर्व मनाउने गरिएको छ । हरेक वर्षको वैशाख २ गते धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु भएको थियो । असार २ गते जात्रि पर्व उर्लाबारी–६ मंगलबारस्थित १० बिघेमा पुगेर सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्