धरानमा सामुहिक बलत्कार गर्ने ६ अभियुक्त पक्राउ

धरानमा सामुहिक बलत्कार गर्ने ६ अभियुक्त पक्राउ

धरान, जेठ २९ : बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र एक किशोरीलाई सामुहिक बलत्कार गर्ने छ अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थपेर जबरजस्ती करणी ऐनअन्र्तगत मुद्दा दर्ता गरिएको छ । उनीहरुले सोमवार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमतर्फको जङ्गलमा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरेको अभियोग छ । घटनापछि प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा छ जनाले किशोरीलाई पालैपालो बलत्कार गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो । सामुहिक बलत्कारका अभियुक्तहरुमा धरान–१७ का २३ वर्षीय समिर राई, १७ वर्षीय प्रितेश लिम्बू, २४ वर्षीय आकास लिम्बू, धनकुटा बेलहरा गाविसका २२ वर्षीय विटु राई, धनकुटाकै भेडेटार गाविसका विकेश राई र भोजपुर नगरपालिकाका २० वर्षीय विपिन राई रहेका छन् । पीडित किशोरीले प्रेमीसँग बसिरहेको अवस्थामा प्रेमीलाई कुटपिट गरी आफूलाई सामुहिक बलत्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएकी थिइन् । अभियुक्तहरुले प्रहरी समक्ष रक्सीको नशाको सुरमा बलात्कार गरेको बयान दिएका छन् । केही अभियुक्त अझै फरार रहेकाले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्