भूकम्पपीडित क्षेत्रका पाँचजना युवतीलाई भारत लैजान लागेको गिरोह नियन्त्रणमा

भूकम्पपीडित क्षेत्रका पाँचजना युवतीलाई भारत लैजान लागेको गिरोह नियन्त्रणमा

झापा, १ असार : झापाको धुलाबारीबाट पाँचजना युवतीसहित एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भूकम्पपीडित क्षेत्रका पाँचजना युवतीलाई राजधानीको एक गिरोहले काँकडभिट्टा नाका हुँदै भारत लैजान लागेको अवस्थामा सोमबार धुलाबारीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । किर्गिस्थान पु¥याएर रोजगारी लगाइदिने प्रलोभन देखाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा २० देखि ३० वर्ष उमेर समूहका युवतीहरुलाई झापाको धुलाबारीस्थित न्यु रन्जित होटलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ती युवतीहरुलाई लिएर आउने रामेछापका हर्कबहादुर तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ । ती युवतीहरुलाई काठमाडौंबाट झापासम्म पु¥याउन तामाङलाई काठमाडौंको गिरोहले खटाएको अनुसन्धानबाट खुलेको छ । नियन्त्रणमा लिएकाहरुको साथबाट ५ थान राहदानी, ५ थान नागरिकता, धुलाबारीको गिरोहलाई दिन भनी पठाएको १५ हजार नेपाली र २२ हजार भारतीय रुपैयाँसमेत बरामद गरिएको छ । युवतीहरु रामेछाप, सिन्धुपालचोक, सुनसरी, नवलपरासी र दोलखाका हुन् । उनीहरुलाई हाल माइती नेपालमा राखिएको छ भने पक्राउ परेका तामाङको विषयमा थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्