प्रहरी जवान दीपेश चौधरी बलात्कार अभियोगमा नियन्त्रणमा

प्रहरी जवान दीपेश चौधरी बलात्कार अभियोगमा नियन्त्रणमा

असार,

जिल्लाको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दीपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ ।
स्थानीय ५७ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरी नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दीपक पोखरेलका अनुसार चौधरीले बलात्कारको प्रयास गरेको जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएको हो ।
चौधरी घरमा पैसा पठाउँछु भन्दै चौकीबाट बाहिरिएका थिए । त्यसपछि गाउँमा मदिरा सेवन गरी अन्य दुई महिलामाथि हातपात गरेको स्थानीयले बताए ।
गाउँभर वितन्डा मच्चाउँदै हिँडेको भन्दै स्थानीयले कारबाहीको माग गर्दै अमरपुर बजारमा प्रदर्शनसमेत गरेका थिए । चौधरीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्