मोटरसाइकलको ठक्करले मृत्यु

मोटरसाइकलको ठक्करले मृत्यु

झापा, १ असार ।  मोटरसाइकलले ठक्कर दिँदा मंगलबार दिउँसो मोरङ, उर्लाबारी–४ का डम्बर गुरुङको मृत्यु भएको छ ।

झापाको दमकबाट उर्लाबारीतर्फ गइरहेको मे ४ प ७१२० नम्बरको मोटरसाइकलले बाटो काटिरहेको अवस्थामा गुरुङलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक जीवनकुमार मैनालीले जानकारी दिए ।

गुरुङलाई ठक्कर दिने मोटरसाइकलसहित चालक दमक–११ का मनिष अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्