सङ्गीत सिकाउने बहानामा लाखौँ रुपैयाँ ठगी

सङ्गीत सिकाउने बहानामा लाखौँ रुपैयाँ ठगी

 

उर्लाबारी,  मोरङको पथरीशनिश्चरे–१ स्थित ओजश्वी सङ्गीत पाठशालाका सञ्चालक साम याम्फुले गीत र सङ्गीत सिकाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ ।

पाठशालाका सञ्चालक सोम याम्फु र लालिमा श्रेष्ठले सङ्गीत सिक्न आउने प्रशिक्षार्थीसँग गीत रेकर्डिङ, एल्बम निर्माण र गीतको छायाङ्कन गर्न भन्दै रुपैयाँ लिने गरेको रहस्य खुलेको हो ।

सङ्गीत सिकेपछि नाम पनि हुने, दाम पनि हुने भन्दै प्रशिक्षार्थीबाट पैसा उठाएर कमसल खालका एल्बम तयार गरी बचेको पैसा आफै लिने गरेको पीडितले बताएका छन् ।

पथरीशनिश्चरे–२ का कृष्णकुमार राईसँग याम्फुले पटक पटक गरी रु. दुई लाख ४० हजार लिएको सार्वजनिक भएपछि याम्फूको धन्दा सार्वजनिक भएको हो ।

आइतबार पत्रकार सम्मेलन गरी राईले आफ्नी छोरी आस्मालाई सङ्गीत सिक्न पठाएको सात महिनापछि नै गीत रेकर्ड गर्न भन्दै रुपैयाँ लिने गरेको बताउनुभयो ।

राईले भन्नुभयो, “कोही ग्राहक नभेटेपछि याम्फू सोझा सिधा मान्छे खोज्दै हिँड्दा रहेछन् ।”

आफूलाई याम्फुले ‘किन किन’ एल्बममा लगानी गरे नाफा हुन्छ भन्दै लगानी गर्न जवर्जस्ती गरेर आफ्नो सम्पत्ति खरानी बनाएको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।

सिआरबिटी र पिआरबिटीबाट लगानी उठ्ने आश्वासन दिँदै आएका याम्फू एकाएक सम्पर्कबाट बाहिरिएपछि राईले आफू ठगिएको थाहा पाउनुभएको हो ।

याम्फुले आफ्नो ओजश्वी सङ्गीत पाठशालाको वार्षिक उत्सवका अवसरमा अरुलाई लगानी गर्न लगाउँदै आफ्नो कम्पनीको नामबाट पाँच वटा एल्बम निकालिसक्नुभएको छ । एल्बम निकाल्दा खर्च भएको सबै रकम पाठशालामा सङ्गीत सिक्ने प्रशिक्षार्थीका हुन् ।

यस अघि पटक–पटक एल्बममा गीत गाउने गायक गायिकालाई समेत जानकारी नदिई याम्फु एक्लैले एल्बम विमोचन गर्ने गरेको र सो विषयमा जानकारी माग्दा याम्फुले ‘खाते’ लगायतका अपशब्द प्रयोग गर्ने गरेको गायक गायिकाको आरोप छ ।

याम्फुले भने कृष्णकुमार राईसँग कारोवार भएपनि बुझाइमा कमजोरी भएकोले मिडियाबाजी भएको बताउनुभयो ।

Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्