बाल क्लवका बालबालिकाहरु करेसाबारी बनाएर तरकारी खेती गर्दै

बाल क्लवका बालबालिकाहरु करेसाबारी बनाएर तरकारी खेती गर्दै

 

प्रकाश पाक्साँवा,
तेह्रथुम, ३ जेठ,
फक्ताङ्लुङ बाल क्लबका बालबालिकाहरु करेसाबारी बनाएर तरकारी खेती गर्दै आएका छन् । तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ८ मा रहेको भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरुले करेसाबारी बनाएर तरकारी खेती सुरु गर्दै आएको फक्ताङलुङ बाल क्लबका अध्यक्ष जमुना लिम्बूले बताउनु भयो । देउराली सोसाईटी तेह्रथुमको ब्यवस्थापनमा एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोगमा २०७० साल माघमा बाल क्लब गठन गरेसँगै बाल क्लबमा रहेका बालबालिकाहरुले विभिन्न क्रियाकलाप गर्दै आएका छन् ।

बाल क्लबका बालबालिकाहरुले करेसाबारीमा काँक्रा, धनियाँ, अकबारे खुर्सानी लगायतका तरकारीहरु लगाँउदै आएका छन् । बालबालिकाहरुले विद्यालयमा बाल विवाह सम्बन्धी कार्यक्रम सञ्चालन, मासिक वचत विद्यालय छाडेका बालबालिकाहरुलाई सल्लाह सुझाव दिएर विद्यालय जान उत्प्रेरित गरेको क्लबका सदस्य पूजा श्रेष्ठले बताउनु भयो । त्यस्तै बाल क्लवले विभिन्न कार्यक्रमहरु वक्तित्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता सास्कृतिक कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाल क्लबका बालबालिकाहरु संगठित बनेसँगै महिनाको पहिलो र तेस्रो हप्ता शनिबार बैठक सञ्चालन गरी वचत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्