चट्याङले लागेर झापामा एकको मृत्यु

चट्याङले लागेर झापामा एकको मृत्यु

 

३ असार, झापा । झापाको पृथ्वीनगरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान परेको चट्याङले लागेर पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर छेउ आफ्नै खेतमा काम गरिरहेको अवस्थामा गौतमलाई चट्याङ लागेर थियो ।

उनको घटनास्थलमै मृत्यु भएको झापाका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्