ताप्लेजुङका पहिरोपीडितहरुका लागि नौ दिनपछि बल्ल राहत

ताप्लेजुङका पहिरोपीडितहरुका लागि  नौ दिनपछि बल्ल राहत

केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ४ असार : ताप्लेजुङका पहिरोपीडितहरुले नौ दिनपछि बल्ल राहत पाएका छन् । बिहीबार दिनभरि लगाएर हेलिकप्टरमार्फत पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याइएको हो । विभिन्न गाविसहरुमा हेलिकप्टरद्वारा राहत सामग्रीहरु पु¥याएको प्रमुख लिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले बताउनुभयो । पीडित परिवारहरुका लागि हाल सरकारी तथा गैरसरकारी निकायहरु सक्रियतामा खाद्यान्न, लत्ताकपडा, पाल, भाँडावर्तनलगायतका राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याएको हो ।  लिङ्तेपमा लगिएको सामग्री हेलिकप्टर बस्न नसकेपछि छिमेकी गाविस खोक्लिङको मोती उच्च माध्यमिक विद्यालयमा झारिएको थियो । त्यस्तै खेवाङमा लगिएको सामग्री पनि त्यहाँ हेलिकप्टर बस्न नसकेपछि तेल्लोकमा झारिएको थियो । खोक्लिङ र थिङलाबुमा पनि राहत सामग्री पु¥याएको छ । लिवाङका १ सय ५१ घर, थिङलाबुका २३ घर, पेदाङमा १४, खाम्लुङका ३० र खेवाङका ११ घरलाई पुग्ने गरी राहत सामग्री पु¥याइएको निरौलाले जानकारी दिनुभयो । यस्तै मृतकका १६ परिवारलाई किरिया खर्चबापतको ४० हजार रकम दिइएको पनि उहाँले बताउनुभयो । यस्तै पहिरोपीडितका लागि भनेर नेकपा एमाले झापाले बिहीबार नै एमाले ताप्लेजुङलाई चार सय बोरा चामल हस्तान्तरण गरेको छ ।

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्