खोलामा डुबेर एक जनाको मृत्यु

खोलामा डुबेर एक जनाको मृत्यु

 

इन्द्र बजगाँई, ताप्लेजुङ, ३ असार, खोलामा डुबेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी थुम्बेदिन गाविस वडा नम्बर ५ बस्ने १४ वर्षीय दिवस खापुङको बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । काबेली खोला र इन्द्रावती खोलाको दोभानमा उनी पौडी खेल्न गएका थिए । आज बालकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्