कालीगडबाट हुने कडाईको डिजाईन ग्रामिण महिलाबाट

कालीगडबाट हुने कडाईको डिजाईन ग्रामिण महिलाबाट

सुमन सुस्केरा
बिराटनगर
असार ८
मोरङको ग्रामिण महिलाहरु हाते कडाई तर्फ आकर्षित भएका छन् । रंगेली नगरपालिका १० का महिलाहरु अहिले तालिम लिएर ब्यवसायिकता तर्फ जाने अग्रसर भएको हुन
कोठाभरी गुन्द्रीको जस्तो तान लगाईएको छ । महिलाहरु वरिपरी बसेका छन् । अनी उनीहरु लाग्छ कुनै नयाँ कामको शुरुवाती गरि रहेका छन् । यो दृश्य कुनै टाढाको भने हैन । मोरङको रंगेली १० स्थीत टकुवामा रहेका महिलाहरुले शुरु गरेको हाते कडाई सम्बन्धी तालिम हो । आम्दानीको श्रोत खोज्दै गरेका महिलाहरुको लागि घरेलु तथा साना उद्योग कार्यालय तथा लघु उद्यम विकास कार्यक्रम मेडेपको सहयोगमा एक्टीभ नेपालले महिलाहरुको लागि घरेलु हाते कडाई सम्बन्धी तालिम दिएको हो । तालिममा सहभागिहुन आएका महिलाहरु पछि ब्यवसायमा लाग्ने बताउँछन् ।
दक्षिणी क्षेत्रका ग्रामिण महिला अहिले खुलेर बाहिर आउन थालेका हुन् । परिवारले पनि महिलालाई बाहिर निकाल्नु पर्छ अनी कुनै पनि काम सिकाएर ब्यवसायिक बनाउने सोचमा आएको विकास सँगै महिलाहरु खुलेर बाहिर आउन थालेका हुन । कालिगडबाट बनाईने कडाईले बजार लिईरहेको अबस्थामा हातबाट बनाईने हाते कडाईबाट अब गाउँका सबै महिलाहरु साडी तथा कुर्ता सुडवालमा लगाउन थालेको रंगेली १० टकुवाकी बसन्ती राजबंशीले बताउनुभयो । ब्यवसायिक रुपमा यो पेशामा लाग्न महिलाहरु शुरु गरि सकेका छन् ।
यसले अब ग्रामिण महिलाहरु साडीमा लगाईने कडाई मात्र हैन कुर्ता सुडवालमा समेत कडाई लगाएर राम्रो आम्दानी गर्न सक्ने भएका छन् । रंगेली १० की पापुल राजबंशीलाईपनि यो हाते कडाईबाट राम्रो आम्दानी हुने आशा छ । उहाँमात्र हैन अहिले यो क्षेत्रका महिलाहरु कुनै न कुनै सिप सिक्दै अगाडी बढीरहेका छन् । हाते कडाईको तालिम दिँदै आउनु भएकी गोमा कोईरालाले गाउँका महिलाहरु घरमा बस्न भन्दा पनि केही सिप सिकेर नयाँ काम गर्ने उदेश्यका साथ तालिममा सहभागि हुन बिभिन्न क्षेत्रमा लागि रहेका छन् ।
महिला हाते कडाईमा मात्र हैन ब्यवसायिक सिलाई कटाईमा पनि अग्रसर हुँदै जान थालेका छन् । आम्दानीको श्रोत खोज्दै गरेका महिलाहरु ब्युटि पार्लर तर्फ समेत आकर्षित हुँदै जान थालेको सो क्षेत्रमा काम गर्दै आएकाहरु बताउँछन् । लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यालय बिराटनगरका कार्यक्रम संयोजक प्रेम न्यौपानेले तालिमका माध्यामबाट महिलाहरु आफै स्वरोजगार तर्फ उन्मुख भएको बताभयो ।
पुर्बी नेपालका ७ जिल्लामा काम गर्दै आएको मेडेपले अहिले सम्म १५ सय भन्दा बढी महिला तथा पिछडीएका क्षेत्रका नागरिकलाई तालिमको माध्यामबाट आत्मनिर्भर हुने वातावरण निर्माण गरि सकेको छ । २०१४ बाट मेडेपले काम शुरु गरेकोमा एक बर्षको अबधिमा महिला आत्म निर्भरको दर बढ्दै गएको बताईन्छ । यसबाट बैदेशिक रोजगारमा जाने युवा तथा युवतीको दरलाई घटाउने काममा समेत उल्लेख्य भुमिका निर्वाह गर्दै आएको कतिपयको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्