बाल भित्ते पत्रिका तालिममा बालबालिकाले सरकारी रकम मागे

<span class='c1'>बाल भित्ते पत्रिका तालिममा</span> <span class='c2'>बालबालिकाले सरकारी रकम मागे</span>

सुमन सुस्केरा
बिराटनगर
मोरङको डाँगीहाटमा बालबालिकाहरुको लागि ति दिने बाल भित्ते पत्रिका लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । जिल्ला विकास समिति मोरङको सहयोगमा डाँगीहाट जागरण बालक्वबले आयोजना गरेको तालिममा बालबालिकालाई भित्ते पत्रिका लेखनको बारेमा जानकारी दिईएको हो ।
गाबिस भित्र रहेका ११ वटा सामुदायिक बिद्यालयमा रहेका बाल क्लबका बालबालिकालाई समेटेर तालिम दिईएको बाल क्वब सञ्जालले जनाएको छ । बाल क्लब सञ्जालका अध्यक्ष नबिन चौलागाईले हरेर बाल क्लबलाई बिद्यालयमा बाल बालिकाका बिषयलाई समेटेर भित्ते पत्रिका निकाल्नको लागि तालिम दिईएको बताउनुभयो ।
तालिम समापनमा बोल्दै बालबालिकाको क्षेत्रमा काम गर्ने बिभिन्न ब्यक्ती तथा संस्थाहरुले बालबालिकाका बजेर अन्यत्र खर्च भएको भन्दै गाबिस सचिव होम पौडेलको ध्यानाकर्षण गराएका थिए । बाल क्लब सञ्जाललाई सहयोग गर्दै आउनु भएका लक्ष्मी माबिका शिक्षक देबी पोखरेलले बालबालिकाको रकम गाबिसले बालबलिकालाई नै खर्च गर्न आग्रह गर्नु भएको थियो ।
गाबिस सचिव होम पौडेलले अहिले सम्म कसरी–कहाँ खर्च भयो भन्न भन्दापनि अब बालबालिकाको लागि आएका रकम यसैगरी बालबालिकाको चौतर्फी विकासमा खर्च गरिने बताउनु भयो । उहाँले गाबिसमा आएको बालबालिकाको रकमलाई एकद्धार प्रणालीबाट खर्च गरिने बताउनुभएको हो । बाल क्लब सञ्जालले अहिले सम्म निरन्तरता दिन नसकेको बाल भित्ते पत्रिकालाई मासिक रुपमा गाबिसको सुचना पाटीमा टाँस्ने जनाएको छ । २२ जना सहभागि रहेको तालिममा २२ जना बालबालिकाको सहभागिता रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्