लागु औषधसहित चारजना युवा नियन्त्रणमा

लागु औषधसहित चारजना युवा नियन्त्रणमा

उदयपुर- लागु औषधसहित प्रहरीले चारजना युवालाई नियन्त्रणमा लिएको छ। त्रियुगा नगरपालिका १३ चुहाडे मोड र उदयपुर र सप्तरीको सीमानास्थल लालपत्ताबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।लागुऔषधसहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ चुहाडेका १९ वर्षीय दिपेश दनुवार, त्रिनपा ७ का २२ वर्षीय मनोज बस्नेत, त्रिनपा १ का २० वर्षीय किरण मगर र त्रिनपा १२ का २३ वर्षीय प्रमोद दनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकेा छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय जलजले र प्रहरी चौकी लालपत्ताबाट खटिएको छुट्टाछुट्टै टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको प्रहरीको भनाई छ।

पक्राउ पर्नेहरुको साथबाट २७५ एम्पुल लागू औषध ईन्जेक्सन डाइजेपाम, फेनारगन, नुरफिन र लुपिजेसिक तथा १० ट्याब्लेट नाइट्रोजन प्रहरीले बरामद गरेको छ। प्रहरीले उनीहरु सवार स ५ प २४८ र स ३ प ३८४४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ। पक्राउ चारैजनालाई जिल्ला प्रहरीले आश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्