सडक बिभागको बेवास्ताको कारण निर्माण कार्य अनिश्चित

सडक बिभागको बेवास्ताको कारण निर्माण कार्य अनिश्चित

विराटनगर १४ असार । संखुवासभा र भोजपुरलाई जोड्ने अरुण नदीमा निर्माणाधिन पक्की पुल ठेकेदारको लापर्बाही र सडक बिभागको बेवास्ताको कारण निर्माण कार्य अनिश्चित बनेको छ । विभिन्न कारण देखाउँदै विचमै काम छाडेर ठेकेदार फरार भएपछि पुल वेवारिसे बनेको हो । तिन वर्ष अगाडि सम्झौता भएको पुलको अहिलेसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । ५ महिना अगाडि पुलको जमिन मुनिको पिलर निर्माण गर्दा १२ मिटर खन्दैमा चट्टान भेटिएको र त्यस चट्टानका कारण काम गर्न नसकिएको ठेकेदारकम्पनीको भनाइ छ । उता भौतीक योजना तथा निमार्ण मन्त्रालयले भने आफुलाई त्यस बारेमा केहि जानकारी नभएको बतायो । नदीको विचमा ४ वटा पिल्लर राख्ने बाहेक कुनै काम नभएको स्थानियहरु बताउछन् । १८ मिटरको खाल्डो हुनुपर्नेमा १२ मिटरमै फुटाउन नसकिने चट्टान भेटिएपछि समस्या भएको ठेकेदार कम्पनीका साईट इन्जिनियर राज पुडासैनीले बताउनुभयो । उक्त आयोजना जयराम लामिछाने संयोजकत्व रहेको स्वच्छन्द निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्