दृष्टिविहीन विद्यार्थीलाई मझौलाको सम्मान

<span class='c1'>दृष्टिविहीन विद्यार्थीलाई</span> <span class='c2'>मझौलाको सम्मान</span>

 

धर्मेन्द्र मामा

गरामनी । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले गरामनीका तीन जना दृष्टिविहीन विद्यार्थीलाई सम्मान गरेको छ ।
संस्थाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसर पारेर सम्मान गरेको हो । दुर्गा उच्च माविबाट एसएलसी दिएर प्रथम श्रेणीमा उत्तीर्ण भएका सागर अधिकारी, मेनुका पौडेल र आशिष खतिवडालाई सम्मानसहित जनही एक हजार एक सय नगद पुरस्कार र उपहार प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो विद्यालयमा अध्ययनरत् दृष्टिविहीन विद्यार्थीहरुलाई फलफूलका साथै वस्त्र प्रदान गरिएको थियो । कार्यक्रममा सस्थाका कार्यक्रम संयोजक रामलोचन न्यौपानेले संस्थाको परिचय दिँदै अपांगताको क्षेत्रमा थोरै भएपनि प्रोत्साहन गर्न पाउँदा खुशी व्यक्त गरेका थिए ।
संस्थाकी अध्यक्ष देविका निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक खिलप्रसाद सिवाकोटी, संस्थाका सचिव चन्द्रकुमार भट्टराई, सम्मानित विद्यार्थी सागर अधिकारी लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सञ्चालक तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई चक्लेट वितरण गरिएको थियो । 

Mechitimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्