८ वर्षीया बालिका बलात्कृत

८ वर्षीया बालिका बलात्कृत

बिराटनगर असार १५

महोत्तरीको हरिहरपुर हरिणमरी गाविसमा सोमबार साँझ ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । हरिहरपुर हरिणमरी गाविस–४ की बालिकालाई सोही गाउँ बस्ने ७० वर्षीय मटर साफीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बालिका आफ्नो घरभन्दा करिब चार(पाँच सय मिटर उत्तर वनतिर खेल्न गएको बेला सोही वनमा भैँसी चराइरहेका मटरले उनलाई ललाइफकाई वनमा बनाइएको छाप्रोमा लगेर बलात्कार गरेको प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । मटरलाई गएराति प्रहरी चौकी सीतापुरबाट खटिगएका टोलीले समातेर जिल्ला प्रहरी कार्यालयमा ल्याएका छन् भने निजमाथि जिल्ला प्रहरीले जबरजस्ती करणी मुद्दा चलाउने तयारी गरिरहेको छ । पीडित बालिकालाई आवश्यक जाँचका लागि राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्