पिकअपको ठक्करबाट एकको मृत्यु

पिकअपको ठक्करबाट एकको मृत्यु

सुनसरी, आषाढ २८ गते।

सुनसरीको धरानमा आइतबार पिकअपले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा को. ५ प ६९९३ नम्बरको मोटरसाइकलका चालक धरान १० का ४५ वर्षिय गोबिन्द बिसंखेको रहेका छन्। त्यस्तै पिकअपको ठक्करबाट मोटरसाइकल पछाडी सवार सशस्त्र प्रहरी हवल्दार मिन बहादुर नेपाली घाइते भएका छन्।

गम्भीर घाइते भएका उनीहरुलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पु्र्‍याईएको थियो। मोटरसाइकल चालक बिसंखेको सोही प्रतिष्ठानमा उपचार हुँदा हुँदै राती २१४० बजे मृत्यु भएको थियो।

सांझ करिब ९ बजे धरान नगरपालिका ५ स्थित छाताचोकमा ना. १. प. १५१० नं. को पिकअपले उनीहरु सवार मोटरसाइकललाई ठक्कर दिई फरार भएका थिए। पिकअपका चालकको इलाका प्रहरी कार्यालय धरानबाट खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्