मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो

मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो

असार १६ बिराटनगर

अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ । मंगलबार रातिदेखि परेको वर्षाका कारण मेचीराजमार्गको हर्कटेदेखि कोल्बुङको किटेनीसम्मको क्षेत्रमा पाँच ठाउँमा पहिरो गएकाले बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् । हर्कटेदेखि कोल्बुङसम्म गएका पाँच वटा पहिरोमध्ये तीन वटा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खुलाइसकेको छ भने दुई ठाउँको पहिरोमा जेसिबीको प्रयोग गर्नुपर्ने अवस्था आएकाले अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो । राजमार्गमा गएको पहिरोका कारण झापाबाट इलाम, पाँचथर तथा ताप्लेजुङ जाने र इलामबाट झापातर्फ जाने ठूला तथा साना सवारीसाधन चल्न सकेका छैनन् । बिहानैदेखि राजमार्ग अवरुद्ध भएका कारण यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्