खुकुरी बोकी सार्वजनिक स्थानमा आतंक मच्चाउने पक्राउ

खुकुरी बोकी सार्वजनिक स्थानमा आतंक मच्चाउने पक्राउ

धरान, असार १६ : इलाका प्रहरी कार्यालय धरानले चेकजाँचलाई प्रभावकारी बनाउन थालेपछि विभिन्न अपराधमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झगडा गर्ने, समाजमा विकृति फैल्याउने र चोरी गर्नेहरु बढ्दै गएपछि असारको पहिलो साताबाट इलाका प्रहरी कार्यालयले जिल्ला ट्राफिक प्रहरीको समन्वयमा रातको समयमा चेकजाँचलाई कडाइ पार्न थालेको हो । चेकजाँचलाई कडाई गर्न थालेसँगै अपराधमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतीले जानकारी दिनुभयो । प्रहरीले चेकजाँचका क्रममा आज विहान धरान–३ माछाभौडीबाट हातमा खुकुरी बोकी सार्वजनिक स्थानमा आतंक मच्चाउँदै हिंडिरहेको अवस्थामा धरान ३ बस्ने २४ वर्षीय तीर्थबहादुर लिम्बूलाई एक थान खुकुरी सहित पक्राउ गरेको छ । यस्तै हिजो मात्र को ११ प ४८०४ नम्बरको रातो पल्सर सहित धरान १५ का २५ बर्षीय राकेश राईलाई खुकुरी सहित पक्राउ गरेको थियो । यस्तै १४ गते राति धरान–८ बरगाछीबाट मोवाइल चोरी गर्ने धरान ८ बरगाछीमा अस्थायी बसोबास गर्ने संखुवासभाको खाँदबारी–२ ढुंगेधाराका मोहन शाक्यलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्