घनघोर वर्षासंगै इलामको दक्षिणी गाविस शान्तिपुरमा क्षति

<span class='c1'>घनघोर वर्षासंगै इलामको दक्षिणी</span> <span class='c2'>गाविस शान्तिपुरमा क्षति</span>

इलाम असार १७ ।

गयराती परेको घनघोर वर्षासंगै इलामको दक्षिणी गाविस शान्तिपुरमा ब्यापक क्षति पु¥याएको छ ।

भूकम्पले हल्लाएका कारण कमजोर भएका डाँडाहरु वर्षासंगै खसेपछि शान्पिुर ५ सिरिसेको धेरै घर जोखिममा परेको स्थानीय गणेश ढकालले जानकारी दिनुभयो । उहांका अनुसार ढकालको घर दुवै तर्फ पहिरो गएको र घरमा समेत समान्य क्षति पुगेको छ । त्यस्तै दलबहादुर ढकाल, तेजबहादुर ढकाल लगायतको घरमा क्षति पुगेको छ ।

त्यस्तै लाखौं रुपैंया बराबरको उत्पादन हुने अलौंची बगान समेत स्थानीय टाङटीङ खोलाले बगाएको ढकालले बताउनुभयो । उहांका अनुसार लक्ष्मीपुर ३ मा रहेको खेतमा समेत पहिरो जाँदा रोप्ने बेला भएको धानको विउ समेत पुरेको छ भने वर्ष रोकिए पनि पहिरो झर्ने क्रम नरोकिएका आफुहरु त्रासपुर्ण अवस्थमा बस्नुपरेको बताइएको छ ।

त्यस्तै शान्तिुर४ का खड्गबहादुर राईको घर पहिरोले पुरिएको छ । उनको एक हल गोरु १५ वटा खसी पनि पहिरोले पुरेको स्थानीय शम्भु दहालले बताउनुभयो ।उहांका अनुसार शान्तिपुरमा कुनै मानवीय क्षति भने भएको छ । विगत ४ दिनदेखि विद्युत अवरुद्ध हुदा समेत नेपाल विद्युत प्राधिकरण फिक्कल शाखाले कुनै चासो नदिदां त्यस क्षेत्रका स्थानीय अन्धकारमा बस्नबाध्य भएका छन भने सञ्चार बिहिन समेत बन्न पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार राती ठूलो वर्षा भएकाले जिल्लाका धेरै स्थानमा पहिरो गएको खबर प्राप्त भएका छन् । शान्तिुरमा यातायात समेत अवरुद्ध बनेको जनाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्