बिर्तामोडमा भित्रियो बारुण यन्त्र

बिर्तामोडमा भित्रियो बारुण यन्त्र

 

बिर्तामोड । झापाको बिर्तामोडमा आगलागी नियन्त्रण गर्ने बारुण यन्त्र भित्र्याइएको छ ।
बिर्तामोड नगरपालिकाले बुधबार साँझमा बारुण यन्त्र ल्याइपुर्याएको हो । नेपाल सरकारको ६० लाख र नगरपालिकाको ८ लाख ९० हजार गरी ६८ लाख ९० हजारमा बारुण यन्त्र (दमकल) भित्र्याइएको छ । ५ हजार लिटर क्षमताको दमकल नेपाल सरकारले पछिल्लो समय घोषणा गरेको नगरपालिकामध्ये झापामा पहिलोपटक भित्र्याइएको नगरपालिकाका प्रशासन फाँटका मेघराज बाँस्तोलाले जानकारी दिए ।
झापामा नपा घोषणा भएमध्ये बिर्तामोडले पहिलोपटक दमकल ल्याइएको हो । झापामा हाल मेचीनगर, भद्रपुर र दमक नगरपालिकामा दमकल छन् । ६ महिना अघिदेखि प्रक्रिया सुरु गरेर दमकल बिर्तामोड ल्याउन सफल भएको नगरपालिका स्रोतले जनाएको छ । दमकल भित्रिएसँगै उद्योग वाणिज्य संघ शाखा बिर्तामोडका अध्यक्ष बलराम कार्कीले बिर्तामोडलाई अत्यावश्यकीय मानिएको दमकल ल्याउन सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।
उनले प्रमुख व्यापारिक केन्द्र मानिएको बिर्तामोडमा हुनसक्ने आगलागीका घटनालाई नियन्त्रण गर्न अब सहज हुने बताए । नगरपालिकामा दमकल राख्ने ठाउँ निर्माण नभएकाले हाल इप्रका बिर्तामोडमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्