पुरानै धारमा बक्राहा फर्काएपछि मधुमल्लाको स्थिती सहज बन्दै

<span class='c1'>पुरानै धारमा बक्राहा फर्काएपछि</span> <span class='c2'>मधुमल्लाको स्थिती सहज बन्दै</span>

 

तेजन खड्का
उर्लाबारी ः बक्राहा नदिमा आएको बाढीले बाध फुटाएर जलमग्न भएको मोरङको मधुमल्लाको स्थिती सहज हुँदै गएको छ । बाँध फुटाएर बस्तीतिर पसेको बक्राहा खोलो पुरानै धारमा फर्काइपछि स्थिती सहज बनेको हो । अस्थायी बाँध निर्माण गरेर बिहीबार खोला फर्काइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार अस्थाई रुपमा बनाइएको र अन्य ठाउँमा कमजोर अवस्थामा रहेका बाँध समेत मर्मत सम्भारको काम थालिएको छ । बुधबार दिनभर बस्तीतिर पसेको खोलो फर्काउनका लागि दुईवटा स्काईभेटर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेर प्रयास गरिएपनि सम्भव भएको थिएन । दुई ठाउँबाट बाँध भत्काएर बस्तीतिर खोलो पसेको र पानीको बहाव उच्च रहेका कारण बुधबार खोलो फर्काउन नसकिएको प्रहरी निरीक्षक भण्डारीले बताए । ‘खोलोलाई च्यानलाईज गरेर पानी खोलैतिर फर्काइएको छ,’ भण्डारीले भने, ‘यति गरिसकेपछि अव खोलाको कारणले हुने जोखिम कम हुँदै गएको छ ।’
मधुमल्ला ४ को शान्ति टोल र ५ को कसेनीबाट मंगलबार राति १२ बजे बाँध फुटाएर खोलो बस्तीमा पस्दा स्थानीय बासिन्दाबीच भागदौड र कोलाहल मच्चिएको थियो । मधुमल्ला ४, ५, ६ र ८ नम्बर वडा पूरै प्रभावित बन्नुका साथै एक सय ५० परिवार विस्थापित समेत भएका थिए । बाढीले चार जनाको घर बगाएको थियो भने दुई जना घाइते भएका थिए । बाढीले बगाउँदा स्थानीय ४ वर्षीय शिशिर थापाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार बाढीले सय विगाहा खेत र खेतमा लगाएको धान पुगेको छ । ३० विगाहा क्षेत्रफलमा रहेको पाकेको चैते धान पनि बाढीले पुरेको छ । बाढीले १५ कट्ठा क्षेत्रफलमा रहेको माछा पोखरीपनि पुरेको छ । विस्थापित भएर आफन्तकोमा र स्कुलमा सरण लिएर बसेकाहरु खोलो फर्काइएपछि आआफ्नै घरमा फर्कन थालेका छन् । ‘बाढी पस्दा आतंकित बनेको जनजीवन पानी खोलैतिर फर्काएपछि सामान्यतर्फ उन्मुख भएको छ । नेकपा एमाले मधुमल्लाका अध्यक्ष बुद्धिलाल निरौलाले भने, ‘विस्थापितहरु आआफ्नो घरमा फर्कन सक्ने अवस्था बनेको छ ।’ अध्यक्ष निरौलाले बाढीले केही घर चर्काएपनि बस्नै नहुने गरीको नबनाएकाले विस्थापितहरु आएर आफ्नै घरमा बस्न सक्ने जानकारी दिए । बगाएको र अलि बढी क्षति गरेका केही घरमा भने मानिस बस्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । खोलामा पानीको बहाव समेत केही कम हुँदै गएको छ । पहाडी भेगमा वर्षा हुने क्रम केही कम भएका कारण खोलामा पानीको बहावपनि घटेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले क्षतिको यकिन विवरण आइनसकेको भन्दै विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ । क्षतिको विवरण संकलनसंगै दैविक प्रकोप उद्धार समिति मार्फत पीडितहरुलाई राहत प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए । कार्कीका अनुसार अहिले पनि फेरि खोलाले धार परिवर्तन गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्