बालिकालाई बलात्कार गरेको आरोप लागेका मोहनानन्दलाई ६ वर्ष कैद

बालिकालाई बलात्कार गरेको आरोप लागेका मोहनानन्दलाई ६ वर्ष कैद

 

बिर्तामोड । धर्मगुरु मोहनानन्द सुवेदी दोषी ठहरिएका छन् । कनकाई धाममा रहेको एक आश्रममा ६० वर्षीय सुवेदीले बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो ।
जिल्ला अदालत झापाले बिहीबार जिल्ला न्यायाधीश पुण्येश्वरप्रसाद उपाध्यायको इजलासले सो फैसला गरेको हो । सुवेदीलाई जबरजस्ती करणीमा ६ वर्ष कैद सुनाइएको हो ।
धर्मगुरु सुवेदीलाई ६ वर्ष कैद र ५० हजार क्षतिपूर्ति तोकिएको छ । जेठ ९ गते पीडित बालिकाकी दिदीले इप्रका बिर्तामोडमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा इप्रका बिर्तामोडले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पुर्पक्षका लागि थुनामा रहेका धर्मगुरु बिहीबारदेखि ६ वर्षका लागि कैद भुक्तान गर्नेछन् ।
मोरङ घर भएका मोहनानन्द सुवेदीले कक्षा ८ मा अध्ययन गर्दै गरेकी बालिकालाई लामो समयदेखि जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्