पेडा पसलबाट लागुऔषध बरामद

<span class='c1'>पेडा पसलबाट</span> <span class='c2'>लागुऔषध बरामद</span>

सप्तरी, आषाढ १८ गते।

सप्तरीको त्रिकोल गाविस ८ बरमझियास्थित एक पेडामा बिहिबार लागुऔषध बरामद भएको छ।

प्रहरीले श्री बाबा बैधनाथ पेडा पसलबाट छापा मारी लागुऔषध नाइट्रोसन, स्पास्मोप्रोक्सिवन र कोरेक्स बरामद गरी पसल संचालक ३२ वर्षिय राजकुमार गुप्तालाईसमेत नियन्त्रणमा लिएको छ।

उक्त पसलमा लागुऔषध बिक्रि बितरण हुने गरेको सुचना पाएपछि पूर्वक्षेत्रीय अनुसन्धान समुहको टोलीले बिहीबार पसलमा छापा मारेको थियो। गुप्ताको पसलबाट लागुऔषध नाईट्रोसन ११९ ट्याबलेट, स्पास्मोप्रोक्सिवन ८४ क्याप्सुल, २ बोतल कोरेक्स र दुई थान मोवाइल फोन बरामद भएको हो।

गुप्ताले पसलमा खाजा खानकालागी रोकिने लामो दुरीका रात्री बसका चालक एवं सहचालकहरुलाई लागुऔषध बिक्रि बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा राखी कारवाही अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्