टर्चलाईट, ग्लुकोज, हर्लिक्स तथा नगद प्रदान गरि जेष्ठ नागरिक सम्मान

टर्चलाईट, ग्लुकोज, हर्लिक्स तथा नगद प्रदान गरि जेष्ठ नागरिक सम्मान

बिराटनगर असार १९

श्री सयपत्री महिला सेवा केन्द्रद्वारा आयोजित जेष्ठ नागरिक सम्मान तथा सचेतना कार्यक्रम मोरङको थलाहा गाविसमा सम्पन्न भएको छ । जिल्ला विकास समिति मोरङको समन्वयमा भएको सो कार्यक्रममा १८ जना एकल महिला तथा जेष्ठ नागरिकलाई दोसल्ला अढाएर सम्मान गर्नुका साथै टर्चलाईट, ग्लुकोज, हर्लिक्स तथा नगद प्रदान गरिएको थियो । जेष्ठ नागरिक समाज मोरङका अध्यक्ष जगतप्रसाद अर्याल र रेडियो मकालुका प्रमुख कार्यकारी निर्देशक गणेश शिवाकोटीले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । थलाहा गाविसका सचिव भोजराज भुजेलले श्री सयपत्री महिला सेवा केन्द्रले थलाहा गाविसमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । सचिव भुजेलले संस्थासँगको सहकार्यमा अरु यस्तै खकार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सो कार्यक्रममा जगतप्रसाद अर्याल, गणेश शिवाकोटी, मधेसी जनअधिकार फोरमका प्रतिनिधि विनोद कुमार सरदार, शान्ति र विकासका लागि युवा सञ्जालका अध्यक्ष सुभाषकुमार सरदार, दिनकर राजवंशीले सेवा केन्द्रका सचिव जालपा दंगालले संस्थाको परिचय गराउनु भएको थियो । सेवा केन्द्रकी अध्यक्ष मञ्जु चापागाईले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता केन्द्रकी उपाध्यक्ष सिता अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा ९२ वर्षीया कुस्मी देवी सरदार, ९० वर्षीया भगवनिया देवी साह, ८८ वर्षीया विष्णुमाया घिमिरे, ८२ वर्षीय रामप्रसाद न्यौपाने, ८१ वर्षीय खुट्टीदेवी माझी, झालोदेवी मुडियारी, नरबहादुर राई, भोगिनीदेवी सरदार, बुधरु सरदार, फुदनीदेवी राजवंशीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्