पर्यटक नआउदा ताप्लेजुङको सदरमुकाम फुङलिङ सुनसान

पर्यटक नआउदा ताप्लेजुङको सदरमुकाम फुङलिङ सुनसान

 

विराटनगर १९ असार ।

विदेशी पर्यटकको ओईरो लाग्ने हिमाली जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङ वैशाख दोश्रो हप्तादेखि सुनसान बनेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र कुम्भकर्ण हिमालको काखमा अविस्थित सो जिल्ला पर्यटकीय मौसममा पनि पर्यटकबिहीन बनेको छ । विदेशी पर्यटकको प्रवेशमा रोक लगाईएको ओलाङचुङगोला क्षेत्र नेपाल सरकारले १० वर्ष अगाडि नै खुला गरेको छ । तर प्रचार—प्रसार हुन नसक्दा त्यस ठाउँले पर्यटक तान्न अझै नसकेको ताप्लेजुङवासीको गुनासो छ ।

ताप्लेजुङ विमानस्थल सुकेटार क्षेत्रका होटल व्यवसायी ओमप्रकाश राईले यसपटकको मौसममा धेरैजना विदेशी पर्यटक नआएको बताएका छन् । असार महिनासम्म विदेशी पर्यटकको घुईंचो लाग्ने यस क्षेत्रमा यस वर्ष पर्यटक आगमनमा ठूलो गिरावट आएको राईको भनाई छ । भूकम्पका कारण अघिल्लो वर्षको तुलनामा यो संख्यामा झन् गिरावट आएको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाका सचिव तेन्जिङ शेर्पाले बताउनुभयो । जिल्लामा रहेको एक मात्र विमान स्थल पनि मर्मत तथा धावन मार्ग कालोपत्रे गर्ने भनी २ वर्षदेखि उडान नहुँदा यस क्षेत्रमा पर्यटकको कमी आएको व्यवसायी राईको भनाई रहेको छ ।

–––––––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्