काम गरे देखाउछु , नत्र राजिनामा दिन्छु

काम गरे देखाउछु , नत्र राजिनामा दिन्छु

 

तेजन खड्का
उर्लाबारी असार २१ गते ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आफुले चलचित्रको स्तर उन्नतीमा लागि काम गर्न नसके ६ महिना भित्रमै राजिनामा दिने दिने बताएका छन् । मोरङको उर्लाबारी स्थित होटल सिंहीममा याक्थुम मुनचईत चोक सयङको आयोजानामा सोमबार आदिवासी चलचित्रको महत्व र बजार बिषयक अन्तरक्रियामा बोल्दै भने,म आश्वसनको भाषणमा होईन,काम गरेर देखाउन चाहान्छु । तर मैले गरेको राम्रो काममा साथ र नराम्रो काममा टिप्पणी आवश्यक छ ।

नराम्रो काम गर्न लागेछु भने यो काम नराम्रो हो,यस्तो गर्न हुदैन भनेर बाटो पनि देखाउन पर्छ तर राम्रो काम गरिएको छ भने अंकुश लगाउने काम गर्न हुन्न,राईले स्पष्टका साथ भने,मिठा भाषण गरेर फुरुक्क पार्न सबैलाई आउछ । तर कार्यान्वयन गर्नु चाँहि ठुलो कुरा हो ।

नेपाली चलचित्रको स्तर खस्किएको उनले बताए । यहा संख्यात्मक भन्दा गुणात्मक चलचित्र बन्न आवश्यक छ । १५० वटा फिल्म बन्दा १२ ओटा चलचित्र मात्र चल्छन् । कमजोरी हामीमा पनि छ ।

८१ लाखमा मेरै निर्माणमा बनेको फिल्म वान वे ले १२ लाख मात्र उठायो,यस्मा मेरो पनि कमिकमजोरी भयो होला, आखिर किन चलचित्रको स्तर खस्किरहेको छ । अव बहस मात्र हाईन , स्तरउन्नतीका लागि काम पनि गर्नुपर्छ ।

उहाँले राज्य संघीय प्रणालीको ढाचामा जाने तयारीमा गएकोले चलचित्र क्षेत्रको निर्माणमा सहजता हुने विश्वास ब्यक्त गरे ।
उनले भने, संघीय प्रणाली लागु भएपछि अब चलचित्र दर्ता गर्न काठमाडौं नै केन्द्रीत हुनु नपर्ला । तर हामीले कस्तो चलचित्र बनाउदैछौ । त्यसमा ध्यान पुर्याउन आवश्यक छ । आधा घण्टाको चलचित्र बनाएर मापदण्ड नपुरिर्याएर पुरस्कार सेवा र सुविधा खोज्न मिल्दैन्,फिल्मले लगानी उठाएन भनेर किचकिच गर्न मिल्दैन । उत्कृष्ठ चलचित्र बनाउन आवश्यक छ ।
चलचित्र बन्यो भन्दा पनि चलचित्रले के दियो भन्ने कुरा नै मुख्य कुरो हो ।

कार्यक्रममा कलाकार प्रेम सुब्बा र अप्सरा शेर्मालाई सम्मान गरिएको छ । कार्यक्रमममा पत्रकार विजयरत्न तुलाधरले आदिवासी चलचित्रको महत्व र बजारको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र माथि निर्देशक ननिब सुब्बा र अवोध अविरलले टिप्पणी गरेका थिए ।
कार्यक्रमको सभापति सुर्यप्रकाश चेम्जोङले आदिवासी चलचित्रको स्तरोउन्नतीको लागि मोफसलमा कार्यक्रमको आयोजना गरिएको बताए ।

बम्किए राजकुमार राई
उर्लाबारी, २१ असार,
समयलाई ख्याल नगरी कार्यक्रम सञ्चालन गरेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आक्रोश पोखेका छन् । 'माइक बोकेर १ घण्टा चिप्ला कुरा गर्दैमा सवथोक हुन्छ भन्ने सोच्नु गलत हो' उनले भने– ‘समयलाई वास्ता नगरी जे बोले पनि हुन्छ ?’ ‘तीन बजे अर्को कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएको थियो, जसलाई जे मन लाग्यो त्यही बोल्नु हुन्छ भने अर्को कार्यक्रममा आउँदा सोच्नु पर्ने अवस्था आउँछ ।’ उनले चेतावनी दिँदै भने ।

अध्यक्षसहित तीन सम्मानित
चलचित्र बोर्डका अध्यक्ष राजकुमार राईसहित तीन जनालाई सम्मान गरिएको छ । भर्खरै बोर्डको अध्यक्षमा नियुक्त भएका राईलाई याक्युङ मुनचईत चोक समङ, लिम्बुवान चलचित्र तथा कलाकार संघ, मजिना मूभि प्रालिले छुटाछुट्टै रुपमा सम्मान गरेको हो । त्यस्तै सोही अवसरमा आयोजकले किरात लिम्बूको कला, संस्कृति सम्बन्धित फिल्महरु बनाएर महत्वपूर्ण योगदान पुर्याएको भन्दै भलापा धरमपुरकी अप्सरा शेर्मा नेम्वाङ र धरान सुनसरीका प्रेम सुब्बालाई सम्मान गरिएको छ ।

आदिवासी संस्कृतिलाई जोगाउन मौलिक आदिवासी चलचित्रहरू निर्माण गर्नुपर्नेमा निर्देशक नविन सुब्बाले जोड दिएका छन् । इन्डिजिनियस फिल्म अर्काइभका अध्यक्ष समेत रहेका सुब्बाले भने, 'आदिवासी चलचित्र हुनलाई चलचित्र निर्माण गर्ने समूह आदिवासी र विचार आदिवासी भएर मात्र पुग्दैन । चलचित्र निर्माण गर्ने प्रविधिको उपयोगमा आदिवासी सिपको पनि आवश्यकता पर्छ ।’ आदिवासी चलचित्र निर्माण भनेको भिन्न आवाजको प्रवर्द्धन गर्नु भएको उल्लेख गर्दै आदिवासी मातृभाषाको चलचित्रको कथ्यशैली, संरचना, बुनोट र अभिनय शैलीको विकासले नेपाली चलचित्रको पहिचान निर्माण गर्न सहयोग पुर्याउन सक्ने पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्