निजी बिद्यालयका शिक्षकहरुलाई तालिम

निजी बिद्यालयका शिक्षकहरुलाई तालिम

घनश्याम भण्डारी
उर्लाबारी ।
सामाजिक विषयको शिक्षण सिकाइमा प्रभावकारिता आओस् भन्ने उद्देश्यले निजी बिद्यालयका शिक्षकहरुलाई तालिम दिइएको छ ।

प्याब्सन मोरङ इलाका नं. ८ को आयोजनामा उर्लाबारी स्थित भृकुटी मोडल एकाडेमीको सभाहलमा भएको तालिममा उर्लाबारी, मधुमल्ला, राजघाट र इटहराका निजी विद्यालयका ३५ जना सामाजिक बिषयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
एसएलसी परीक्षामा सामाजिक विषयको नतिजा क्रमश घट्दै गइरहेकाले प्रभावकारी रुपमा शिक्षण गर्न गराउन तालिमको आयोजना गरिएको इलाका संयोजक बिकाश गुरुङले जानकारी दिएका छन् । अंग्रेजी, गणित, विज्ञान जस्ता बिषयमा मात्र केन्द्रित भएर शिक्षण गर्दा सामाजिक बिषय ओझेलमा परेकाले यस प्रकारको तालिमको आयोजना गरिएको उनले जानकारी दिएका छन् । निजी बिद्यालयका शिक्षकहरुलाई पनि बिषयगत रुपमा दक्ष बनाउनका लागि तालिमको आयोजना गरिएको सदस्य विश्व ढकालले बताएका छन् ।
तालिममा पाठ्यक्रम बिकास केन्द्रका प्रमेश घिमिरे र यूवराज ढकालले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्