५० हजार मूल्य बराबरको अवैध कपडा बरामद

५० हजार मूल्य बराबरको अवैध कपडा बरामद

झापा, आषाढ २२

झापाको मेची खोला किनारस्थित एक घरमा लुकाई राखेको अवस्थामा आज बिहान ५० हजार मूल्य बराबरको अवैध कपडा फेला परेको छ।

भद्रपुर नगरपालिका ५ स्थित मेची खोलाको बगरमा जस्तापाताबाट निर्मित खाली घरमा अन्दाजी ५० हजार मूल्य बराबरको सुटिङको कपडा फेला परेको हो। वडा प्रहरी कार्यालय भद्रपुरबाट निस्किएको गस्ती टोलीले बिहान ०७३० बजेतिर गस्ती गर्दै जाँदा खाली रहेको उक्त घरमा प्रवेश गरी हेर्दा १४ बण्डल कपडा लुकाई राखेको अवस्थामा भेटेका थिए। सो कपडा तस्करहरुले रातको समय पारी चोरी छिपाई ल्याई उक्त घरमा राखेको हुन सक्ने प्रहरीको अनुमान छ।

बरामद कपडा आवश्यक कारवाहीकालागी मेची भन्सार कार्यालयमा बुझाइने वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक राकेश कुमार पोदारले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्