एम्बुलेन्सहरुलाई अल्टिमेटम

एम्बुलेन्सहरुलाई अल्टिमेटम

दिनेश गजमेर
धरान, २३ असार : कार्यविधि पालना नगरी सञ्चालनमा आएका एम्बुलेन्सहरुलाई सात दिनभित्र प्रक्रिया पूरा गर्न जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समिति सुनसरीले अल्टिमेटम दिएको छ । जिल्ला एम्बुलेन्स तथा शवबाहन अनुगमन समितिले असार १० गतेदेखि सुरु गरेको अनुगमनका क्रममा अधिकांश एम्बुलेन्सहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो ।  अनुमगनमा भेटिएका त्रुटिहरुलाई सच्याउँदै ७ दिनभित्र रेडक्रस सोसाइटी सुनसरी वा एम्बुलेन्स सेवा सञ्चालन समितिमा कागजपत्र बुझाउन अल्टिमेटम दिएको छ । यदि तोकिएको मितिभित्र कागजपत्र पेश नगरे कारबाही गर्ने रेडक्रस सोसाइटी सुनसरीका सभापति तथा अनुगमन समितिका संयोजक उमेश थापाले बताउनुभयो । जिल्ला एम्बुलेन्स तथा शवबाहन अनुगमन समितिले धरानमा १० देखि १४ गतेसम्म ३४ वटा एम्बुलेन्सको अनुगमन गरेको थियो । त्यसैगरी समितिले इटहरी र इनरुवामा २२–२२ वटा एम्बुलेन्सको अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्