ओखलढुङा, आषाढ २३
ओखलढुङा जिल्लाको वाक्सा गाविसमा एक साता अघि सडक निर्माणकाक्रममा माथीबाट खसेको ढुङाले थिचेर घाइते भएका एक कामदारको बुधबार उपचारकाक्रममा मृत्यु भएको छ।
व्याकुल माईला सहायक मार्ग निर्माणकाक्रममा माथीबाट खसेको ढुङाले थिचेर घाइते भएका वाक्सा ९ बस्ने ६० वर्षिय रामबहादुर राईको काठमाण्डौ शिक्षण अस्पताल महाराजगंजमा उपचारकाक्रममा बुधबार बिहान ६ बजे मृत्यु भएको हो।
गतअसार १६ गते राईलाई सडक निर्माणकाक्रममा ढुङाले थिच्दा गम्भीर घाइते भएका थिए।