बेग्लाबेग्लै सवारी दुर्घटनामा एक बालिकासहित तीन घाईते

बेग्लाबेग्लै सवारी दुर्घटनामा एक बालिकासहित तीन घाईते

ताप्लेजुङ, उदयपुर र सप्तरी जिल्लामा बुधबार भएको तीन छुट्टाछुट्टै सवारी दुर्घटनाबाट तीन जना घाइते भएका छन्।

ताप्लेजुङ नगरपालिकामा ४ स्थित कोप्चे भन्ने स्थानमा डेरा सर्नेक्रममा ट्याक्टरको ट्रलीले टाउकोमा लागेर स्थानिय एक पुरुष घाइते भएका छन्। झापा बुधबारे ८ घर भई कोप्चेमा डेरा गरी बस्ने बिशाल धिमालको कोठा सर्ने क्रममा ट्याक्टरको डालाले टाउकोमा लागेर स्थानीय ५५ वर्षिय मानबहादुर मादेन घाइते भएका छन्। अपरान्ह करिब १५०० बजे कोठा सर्न भनेर धिमाल आफैले चलाई ल्याएको को. २ त २५१७ नं.को ट्याक्टरमा सामान लोड गर्नेक्रममा रमिता हेरेर बसेका मादेनको टाउकोमा ट्याक्टरको डाला खसेको थियो। गम्भिर घाइते मादेनको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।

त्यस्तै सोही सांझ १९०० बजेतिर उदयपुर त्रियुगा नगरपालिका ६ खैजनपुरमा बा. ३० प ९३७७ नं.को मोटरसाइकलको ठक्करबाट स्थानीय प्रकाश साहको डेढ वर्षिया छोरी प्रकृति शाह ठक्कर गम्भिर घाइते भएकी छिन्। ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेकाले जिल्ला प्रहरी कार्यालय उदयपुरबाट उनको खोजी भइरहेको छ।

यसैगरी पुर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ १ मा बुधबार राती नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर कटैया ४ का ३२ वर्षिय हरिशंकर साह घाइते भएका छन्। गम्भिर घाइते साहलाई उपचारकालागी युनिक अस्पताल राजविराज पुर्‍याइएको छ। राती करिब साढे ९ बजे उनलाई बजारबाट घरतर्फ फर्कदै गर्दा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिई फरार भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्