आगलागीबाट दुई घर जले

आगलागीबाट दुई घर जले

सिरहा, आषाढ २४ गते।

सिरहाको गोबिन्दपुर गाविसमा आगलागीबाट दुई घर जलेको छ भने आगो निभाउनेक्रममा बुधबार एक पुरुष घाइते भएका छन्।

आगलागीबाट गोबिन्दपुर ३ का हरियादव र ईनदल यादवको घर, घरभित्र रहेको सामान र ग्वाली जल्दा अन्दाजी तीन लाख बराबरको क्षती भएको छ। आगलागीबाट हरियादवको ग्वालीमा बाँधेको एउटा भैसी, पाडी, दुईवटा गाई र एक दर्जन बाख्रा १२ को जलेर मृत्यु भएको छ। आगो निभाउनेक्रममा हरी यादबको हात, पाखुरा र टाउकोमा आगोले पोलेको छ। उनलाई उपचारकालागि लहान अस्पताल लगिएको छ। बुधबार सांझ ग्वालीमा बालेको घुरबाट आगलागी शुरु भएको थियो।

आगो अस्थायी प्रहरी पोष्ट पक्किटोलबाट गएको प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा नियन्त्रण भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्