पाँचथर, आषाढ २४
पाँचथरको फिदिममा आज बिहान जीपको ठक्करबाट एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा सोही ठाँउ बस्ने ४४ वर्षकी राममती राई छिन्।
मे २ ज २०५२ नं. को जीपले साइकलमा सवार उनलाई मेची राजमार्ग अन्तरगत फिदिम ३ मा बिहान ८ बजे ठक्कर दिएको थियो। जीपको ठक्करबाट गम्भिर घाइते भएकी महिलालाई उपचारकालागी न्युरो अस्पताल बिराटनगर ल्याइएको छ।
जीपका फरार रहेकाले उनको खोजी भईरहेको छ।