सुनसरी, आषाढ २४
सुनसरीमा आज एक एम्बुलेन्सले ठक्कर दिएर पैदलयात्री महिलाको मृत्यु भएको छ।
सुनसरीको इटहरीमा आज बिहान स. १ झ ७७२ नं. को एम्बुलेन्सले ठक्कर दिंदा सुनसरी रामधुनी ३ बस्ने ३५ वर्षिया सावित्रा बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। साइकलमा सवार बस्नेतलाई बिहान ११ बजे पश्चिमबाट इटहरीतर्फ आउदै गरेको खाली एम्बुलेन्सले पूर्वपश्चिम राजमार्ग अन्तरगत ईटहरी ५ मा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो।
एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ।