यात्रुवाहक बस पल्टिंदा पाँच जना घाइते

<span class='c1'>यात्रुवाहक बस पल्टिंदा</span> <span class='c2'>पाँच जना घाइते</span>

खोटाङ, आषाढ २५

खोटाङको बुईपा ९ मा बिहिबार सांझ यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ५ जना घाइते भएका छन्।

रेग्मीटारबाट सदरमुकामतर्फ आउदै गरेको ना. ३ ख ३४४० नम्बरको बस चिप्लो सडकमा नियन्त्रण बाहिर जाँदा बिहिबार राती ९ बजेतिर बुईपा ९ मा पल्टिएको थियो। बसमा ३४ जना यात्री सवार रहेका थिए।

दुर्घटनामा परी घाइते हुनेमा उदयपुर साउने बस्ने बर्ष ३३ कि डवल कुमारी राई, बर्ष ४० कि गिता मगर, उदयपुर पन्चावती ४ बस्ने बर्ष २४ को नेत्र बहादुर राई, भोजपुर लेखर्क १ बस्ने बर्ष ३० कि रमा सुवाल र सप्तरी तरही १ बस्ने बर्ष ३४ कि चन्द्र कुमारी चौधरी छन्।

घाइते सबै जनाको टाउकोमा चोट लागेकोले उनीहरुलाई स्थानीय क्लिनिक पुर्‍याई उपचार गराईएको छ। बसका चालकलाई प्रहरी चौकी बुईपाले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्