मधुमल्लामा महिलाको श्रम शिविर

<span class='c1'>मधुमल्लामा महिलाको</span> <span class='c2'>श्रम शिविर</span>

मधुमल्लामा महिलाको श्रम शिविर
दमक, २४ असार
मोरङको मधुमल्लामा वक्राहा नदीको बाँध निर्माणका लागि आज महिलाहरुले श्रम शिविर सञ्चालन गरेका छन् ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ मोरङ ९ नम्बर क्षेत्रीय कमिटीको आव्हानमा शिविर सञ्चालन गरिएको हो ।

महिलाहरुले ढुंगा बोकेर जाली भर्ने काममा सहयोग पुर्याइएको क्षेत्रीय अध्यक्ष सर्सु गुरुङले जनाउनु भएको छ ।
गत असार १५ गते रातीको बाढीले भत्काएको मधुमल्ला ४ को शान्ति टोलमा स्थानीयको पहलमा ढुंगा हालेर जाली भर्ने काम भइरहेको हो ।
त्यहाँ, क्षेत्र नम्बर २ बाट पनि २० जनाको महिला टोली आएको छ । १ सय भन्दा बढीको सहभागितामा ढुंगा भर्ने काम भएको छ ।
सो अभियानमा संघकी जिल्ला अध्यक्ष कृष्णकुमारी राई, एमाले जिल्ला उपसचिव विद्या चाम्लिङ, जिल्ला सदस्य मानबहादुर श्रेष्ठ, भूपाल जिमी सहितको अगुवाईमा तटबन्धनको काम भइरहेको छ ।

बाढीले शान्तिचोक भन्दा केही दक्षिणमा पर्ने वडा नम्बर ५ को कसेनीमा बाँध भत्काएर पुरै खोलो बस्तीमा पसेको थियो । त्यहाँ पनि स्थानीय तहबाट खोलाका लागि अस्थाई बाँध बनाउने काम भएको छ । तर बाढी आउँदा बाँध भत्काउने पीरले स्थानीय राती सुत्न सकेका छैनन् । बाढीले १ सय ५० घर प्रभावित भएका छन् । सो क्रममा एकजना वालकको ज्यान समेत गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्